दफा ४६७
अन्य जिल्लाबाट लिखत पारित गराउन सक्ने

(१) लिखत पारित गरी लिने दिने व्यक्तिले कुनै एक व्यक्ति रहे बसेको वा सम्पत्ति रहेको जिल्ला बाहेक अन्य जिल्लाबाट कुनै लिखत पारित गर्न चाहेमा सोही व्यहोरा खुलाई सोही जिल्लाको सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लिखत पारितको लागि कुनै निवेदन परेमा त्यस्तो कार्यालयले आवश्यक जाँचबुझ गरी कानूनको रीत पु¥याई त्यस्तो लिखत पारित गरी दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम अन्य जिल्लाबाट अचल सम्पत्तिको लिखत पारित भएमा सो कार्यालयले पारित लिखतको एक प्रति सम्बन्धित जिल्लाको सो काम गर्ने कार्यालयमा पठाइदिनु पर्नेछ ।